काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताउनुभयो ।…