काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिनुभएको थियो । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले…