काठमाडौं । सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सम्भावित प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज (सोमबार) राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दैछन्। बिहान ११ बजेदेखि सुरु हुने यो मार्चका लागि स्थानीय प्रशासनबाट अनुमति समेत लिइएको आयोजकहरूले जनाएका छन्। ‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिन लागेका युवाहरूले न्याय, पारदर्शिता र सुशासनको…