मन्त्रिपरिषदको विस्तारको चर्चासँगै मन्त्री बन्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र दौडधुप चलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवतः शुक्रबारमात्र मन्त्रिपरिषद विस्तार गर्नेछन् । देउवा नेतृत्वको सरकार गठन हुनासाथ दोस्रो चरणको स्थानीय तह निर्वाचन र संविधान संशोधनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सहमतिमा ल्याउने भन्दै सरकार विस्तारमा ढिलाइ भएको थियो । संविधान संशोधनको विषयलाई…