सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढीबजारमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाटमात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीलेमात्र गर्नसक्ने दाबी गरे । संघीयताविरोधी, समावेशीताविरोधी र धर्मनिरपेक्षताविरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६/४७ सालको अवस्थामा मुलुक फर्कने खतरा रहेकोसमेत उनले बताए ।…