पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेशप्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले चाँडै नै सातओटै प्रदेशका प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषदले टुंगो लगाउने बताए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशप्रमुखको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेशसभामा निर्वाचित भएकालाई शपथ…