काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । मन्त्रालयमा सोमबार आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उहाँले कर्मचारीहरूले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताउनुभएको हो । उहाँले संस्थागत स्वामित्व लिएर कर्मचारीहरूले विकास निर्माणका काम नगर्दा ढिलासुस्ती हुने गरेको बताउनुभएको छ ।…