काठमाडौं । नेकपा एमालेका वरिष्ठ-उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीकाे ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ। वरिष्ठ-उपाध्यक्ष पोखरेलले मंगलबार एक वक्तव्य मार्फत भावी अध्यक्षको दावेदारी प्रस्तुत गर्दै उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताउनुभएकाे हाे। 'पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।…