काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा उनले नेपालका पत्रकारहरुमा दम्भ र अहंकार बढ्दै गइरहेको भन्दै पत्रकारहरुले जन्म दिने आमाबाबुलाई समेत तपाईं भन्दैनन् भन्ने आरोप लगाएका हुन् । उनले पत्रकारले सम्मानपूर्ण व्यवहार…