काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ। समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार हुने भएका छन्। उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम सार्वजनिक गरिएको छ भने सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, ठाकुर…