काठमाडौं, वैशाख २६ । संसदको अधिवेशन सुरु हुनुपूर्व सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसेन । कोरोना संक्रमणको त्रासका कारण बैठक नराखेर नेकपा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलका सांसदहरुलाई पत्रमार्फत् निर्देशन दिएका छन् । उनले शुक्रबार पत्रमार्फत् नेकपा सांसदहरुलाई संसद बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।…