Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कुनै बहानामा महाधिवेशन रोकिनुहुन्न, सचेत भएर महाधिवेशनका लागि जुटौं : डा.कोइराला


39
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुॅने बताए।

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गर्नुभयो।

नेपाली कांग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने,‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो। व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ। यस्तो बेलामा महाधिवेशन मार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।’