काठमाडौं, जेठ ७ । राष्ट्रिय सभामा सांसदहरुले कोरोना भाइरुस संक्रमण रोक्ने सरकारी कार्यशैलीविरुद्ध आक्रोश पोखेका छन् । सांसदहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन् । बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अलपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न भनेका हुन् । क्वारेन्टिनहरु गुणस्तरहीन भएकाले होटलहरुलाई क्वारेन्टिनका…