एजेन्सी । बंगलादेशको १३औँ संसदीय निर्वाचनको बिहीबार भएको मतदानको मतपरिणाम अनुसार तारिक रहमान नेतृत्वको बीएनपीको स्पष्ट अग्रता रहेको छ। औपचारिक नतिजा भने त्यहाँको निर्वाचन आयोगले शुक्रबार रातिसम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको अल जजिराले जनाएको हो । देशैभरी करिब ६१ प्रतिशत मतदान भएको आयोगले बताएको छ। यसपटकको चुनाव सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक भएको…