काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या पारेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकोले आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । आयोगले राजनीतिक निकास निस्कनासाथ चुनाव गर्न तयार रहेको बताएको उहाँको…