काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले तीन जिम्मेवारी बोध हुनु महत्वपूर्ण रहने बताउनुभएकाे छ। अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल मार्फत प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै यस्ताे बताउनुभएकाे हाे । उहाँले तीन जिम्मेवारी बोधकाे बारेमा यसरी लेख्नुभएकाे छ:- 'आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने,…