काठमाडौं, असोज २४ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आउँदो कात्तिक पहिलो साता बस्ने भएको छ । बैठकमा संघीय परिषद्को अध्यक्ष चयन र परिषद् गठन, पार्टीको विधान संशोधन तथा नेतृत्वको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा पार्टी समायोजनका लागि प्रदेश प्रतिनिधि समूह तोक्ने विषयमा…