काठमाडौं, मंसिर १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै आपत्ति जनाएको छ । कांग्रेसले घटना निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गरिने जनाएको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको बताउनुभएको छ ।…