काठमाडों । नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय हुनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि अर्को नेतालाई बोलाएर विवाद समाधानका लागि मध्यस्थताको प्रयास गरिरहनुभएको छ । गत मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने निर्णय…