काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा सारिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक बालुवाटारमा सारिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले जनाएको छ ।…