काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादले नयाँ नयाँ मोड लिइरहंदा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जानुभएको छ । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गरिरहँदा दुई अध्यक्षबीच आज प्रचण्ड निवासमा भेटवार्ता हुन लागेको हो । उहाँहरुबीच हिजो मात्र बालुवाटारमा छलफल भएको थियो । पार्टी…