लमजुङ । प्रचण्ड–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य देव गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गर्नुभएको छ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड–नेपाल समूहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग बोल्दै नेता गुरुङले सरकार संकटकाल लगाउने तयारीमा पुगेको बताउनुभयो । प्रतिनिधिसभा विघटन हिजोका राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको जस्तै असंवैधानिक ‘कु’ भएको…