काठमाडौं । वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हाे । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ। पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।