काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले पेरिसडाँडा पुग्नुभएको हो । दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी हुनुभएको छ ।