काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको छ । आफ्नै निवास बोहोराटारमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालले पड्यन्त्रमा पारेर सांसद शाहीलाई लुकाएको आरोप लगाउनुभएको हो । नेता पौडेलले…