काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)का मुद्दालाई सम्बाेधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने बताउनुभयो । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण…