Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बुधबार सार्वजनिक बिदा, मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त जिल्ला घोषणा

काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ‘बकर इद’को अवसरमा साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद्ले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।