दीपक श्रेष्ठ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड आफू निकटका एसएसपीहरुलाइ डिआइजीमा बढुवा गरेर बिदा गर्ने तयारीमा लागेका छन । अवकाशपछिको फाइदाका लागि प्रहरी संगठनको मर्यादा नै उल्लंघन हुने गरी बढुवा गर्ने तयारीप्रति प्रहरी प्रधान कार्यालय भने सहमत छैन । गृह मन्त्रालयले यही कात्तिकदेखि फागुनभित्र अवकास पाउन लागेका ६ जना एसएसपीहरूलाई बढुवाको तयारी गरेको बुझिएको छ…