काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने आकांक्षा भए चुनाव लडेर आउन चुनौती दिनुभएको छ । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंको शान्तिबाटिकामा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो । आफूले प्रजातन्त्रबाहेक सबै सुम्पिन तयार छु भन्दा…