Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको व्यवस्थापनमा वृहत्त गुरुयोजना ल्याउन सरकारसँग कांग्रेस नेता बस्नेतको माग

काठमाडौं, असोज १० । नेपाली कांग्रेसको बाढी पहिरो पीडित व्यवस्थापन समिति संयोजक मोहनबहादुर बस्नेतले प्राकृतिक प्रकोपबाट प्रताडित सिन्धुपाल्चोकको पुर्ननिर्माणको लागि वृहत्त गुरुयोजना ल्याउन माग गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला वर्षेनी प्राकृतिक प्रकोपको चपेटामा पर्दै आएको स्मरण गर्दै संयोजक बस्नेतले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणको लागि सामूहिक बस्ती लगायतको बृहद योजना ल्याउन सरकारसँग माग गर्नुभएको हो…