खिलनाथ ताजपुरियाकाठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीचको घम्साघम्सीले न्यायपालिका रणमैदानमा परिणत बन्दै गएको छ । एकातर्फ कानुनी व्यवसायीमाथि माङमुंग्री चल्नु अर्कातिर न्यायालय परिसरमा प्रवेश गरी अपरिचित व्यक्तिले कानुनी राजमाथि नै धावा बोल्नुले आन्दोलन थप जटिल बन्दै गएको लक्षण हो । दन्किदै गएको प्रतिशोधपूर्ण आन्दोलनले न्याय पाउने जनताको प्राकृतिक अधिकारलाई थप संकटमा घचेटेको छ…