दिपेन्द्र अधिकारीकाठमाडौं । राजनीतिलाई नीतिमध्येको उच्च नीति मानिन्छ । त्यही राजनीति चौताराको मादल हुनपुग्दा समग्र राजनीतिक प्रक्रियालाई नै बदनाम बनाउने प्रतिस्पर्धा चलेको छ । भागवण्डाका आधारमा सरकारी निकायमा नियुृक्ति हुँदा अयोग्य व्यक्ति ओहोदामा पुग्दा कार्यसम्पादन कमजोर हुने त छँदैछ, पछिल्लो समय अन्य पेशाका मानिस व्यावसायिक मर्यादा तोडेर हाक्काहाकी राजनीतिको मूलधारमा प्रवेश गर्ने होड चलेको छ…