काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्नु भएको पदाधिकारी सूचीमा नपरे पछि नेता आचार्यले सचिवमा उम्मेदवारी दिनु भएको हो । पार्टी अध्यक्ष ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा…