Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


प्रधान्यायाधीशविरुद्धको आन्दोलन मत्थर हुँदै, दलले सहयोग नगरेपछि अन्योलमा बार

मिरा बस्नेतकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामालाई एकसूत्रीय बटमलाइन बनाएर चर्को विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनका लागि आन्दोलन उधारो आश्वासनमै सीमित भएको छ । आन्दोलनको मोर्चाबाट आफ्नै सदस्य टिकाउन कठिन बनेपछि प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन नेताहरूको ढोका ढक्ढक्याउन पुगेका उनीहरू रित्तो हात फर्किन बाध्य बनेका छन् । आन्दोलनको हतियार भुत्ते भएपछि आन्दोलनको गन्तव्यबारे बार…