पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हान्ने गरेको आरोप लगाउनुभएको छ । पोखरामा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको आरोप उहाँले लगाउनुभएको हो । सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाएको भन्दै उहाँले प्रहरी र सर्वसाधारणलाई ढुंगा हानेकामा आपत्ति जनाउनुभयो…