काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गर्नुभएको छ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताउनुभएको हो । ‘स्थानीय निकायको निर्वाचनको आफ्नै विशिष्ट परिवेश र परिस्थिति छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रिय नेतृत्वले…