काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर…