काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा सचिव भट्टराईले देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्, केही मानिसहरूको अग्र्यल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा…