काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष ओलीले गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको जिकिर गर्नुभयो । सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको भन्दै उहाँले गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा प्रहरी…