काठमाडौं । प्रतिनिधिसभामा ८ वटा अध्यादेश पेश भएको छ । मंगलबारबाट शुरु भएको प्रतिनिधिसभाको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ वटा अध्यादेश पेश भएका हुन् । प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा…