काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले गएरातिको बाढीका कारण देशभर आएको बाढीपहिरो पीडितलार्ई पुनर्स्थापना गर्नदेखि राष्ट्रपतिलाई नागरिकता विधेयक छिटो प्रमाणिकरण गर्न आग्रह गरेका छन् । बैठकमा सांसद नविना लामाले गएराति मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुर्नस्थापना गर्न सरकारसँग माग गर्नुभयो । सांसद दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण…