काठमाडौं । प्रतिनिधिसभा सांसदहरूले जनजीविकाका सवालमा बैठकमा आवाज उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याको उठान गरेका हुन् । सांसद नवराज राउतले रुखका पात र आकाशमा बादल लाग्ने बित्तिकै बत्ती जाने प्रदेश भनेर कर्णाली प्रदेशलाई भन्न थालिएको बताउनुभयो । राउतले कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइनको कामको टेण्डर…