काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सविचवालयको २७औं बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन…