Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नागरिकता विधेयक र निर्वाचनको तयारीका बारेमा कांग्रेस शीर्ष नेतृत्वसँग राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँग नागरिकता विधेयक र निर्वाचन तयारीका बारेमा जिज्ञासा राख्नुभएको छ । दोस्रो पटक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा नागरिकता विधेयक अड्किरहेका बेला राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित कांग्रेसका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको हो । छलफल क्रममा प्रधानमन्त्री देउवाले अघिल्लो सरकारले ल्याएको अध्यादेशकै आधारमा नागरिकता विधेयक ल्याएको बताउनुभएको छ…