काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने बताउनुभएको छ । बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चालनमा ल्याउने बताउनुभयो । सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरूको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने…