काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने…