Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


मन्त्रीबारे छलफल गर्न सात दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको छ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन्…