Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ । साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।