काठमाडाै । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाउनुभएको छ । विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गर्नुभयो । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको…