काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार,…